सैन्य झिक्दा सैन्य झिक्नेले देहायको तरीका अपनाउनु पर्दछः–
(क) नयाँ सैन्यहरू भर्ना गर्दा गैर खाली भएको बात लागी भर्ना हुन आएकोमा भर्ना नगर्ने त्यस्ता व्यक्तिले झुक्याई भर्ना भएमा भर्ना भएको
मितिले ऐन बमोजिम कैदको सजायको भागी हुनेछ ।
(ख) भर्ना झिकिएका सैन्यहरू अस्पताल जाँच गराउँदा सरकारी अस्पताल भएको ठाउँमा अस्पताल जाँचबाट ठीक ठरहेमा र सो नभई डाक्टर मात्र भएको ठाउँमा डाक्टर एक, मिलिटरी अधिकृत एक र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि एक समेतको बोर्डबाट ठीक ठहरेमा र डाक्टर पनि नभएको ठाउँमा मिलिटरी अधिकृत कम्तीमा २ जना र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि एक समेत रही तन्दुरुस्तीका बुँदा तयार पारी जाँची ठीक ठहरेमा मात्र भर्ना झिक्ने ।
(ग) भर्ना हुन आउने जवानले नाम, थर, वतन र तीन पुस्ते नाम समेत खुलेको आफ्नो गाउँ विकास समिति वा नगरपालिकाबाट परिचय पत्र
ल्याएमा वा जंगी तर्फ भए बहालवाला सुवेदार, जमादार वा अधिकृत, निजामतीमा भए बहालवाला राजपत्रांकित अधिकृत एकजना, सो नभए
त्यसदेखि मुनी जङ्गिका र निजामतीका बहालवाला राजपत्र अनङ्कित तृतीय श्रेणीका दुई जना मानिसले सो जवानको नाम, थर, वतन ठीक
छ भन्ने गरी दिएका कागजको जमानी लिई मात्र भर्ना गर्ने । साक्षी बस्ने व्यक्ति बहाल रहेको प्रमाणको निमित्त जंगी तर्फ अधिकृतको परिचयपत्र र सो देखि मुनिकालाई पे–बुक र निजामती तर्फ भए आफू बहाल रहेको अड्डाको निस्सा लिई साक्षीको सहिछाप गराउने ।
(घ) गाउँ विकास समिति वा नगरपालिकाबाट दिइएको परिचयपत्र वा भर्ना हुन आउने मानिसको साक्षी केही कारणले झुट्ठा ठहरिन आएमा सो
भर्ना हुने जवान र साक्षी बस्ने मानिस ऐन सवाल बमोजिम सजायको भागी हुने ।
(ङ) भर्ना हुन आउने जवानले गाउँ विकास समिति वा नगरपालिकाबाट दिएको परिचयपत्र साथमा नलिई आएमा अस्पताल जाँचबाट पास
भएपछि साक्षी ल्याउन ७ दिनको म्याद दिने र सो म्यादभित्रै साक्षी ल्याएमा अघिकै मितिको भर्ना सदर मान्ने । सो म्यादभित्र साक्षी ल्याउन
नसकी पछि मात्र साक्षी वा परिचयपत्र लिई आएमा जुन मितिमा लिई आउँछ सोही मितिमा भर्ना सदर गर्ने ।
(च) नयाँ रिक्रुटहरू भर्ना झिक्दा १८ वर्षदेखि २२ वर्षसम्मका र नेपाली नागरिकहरू, विदेशी पल्टन जागीरे भई आएका जावन चाहिने प्रमाणपत्र हेरी खतबात नलागेको रहेछ भने ३५ वर्ष ननाघेको त्यस्तो व्यक्तिलाई पनि भर्ना लिने ।
(छ) नयाँ रिक्रुुटहरू झिक्दा देहाय बमोजिमको उचाई र छातीको घेराको चौडाई ३२ इञ्चीदेखि मुनिकोलाई नझिक्ने ।
युनिट फुट इञ्च
१. श्री काली बहादुर ५ ३।।
२. श्री गोरखबहादुर ५ ४
३. श्री फष्ट राइफल ५ ५
४. श्री माउण्टन व्याट्री ५ ५
५. श्री महीन्द्र दल ५ ४
६. बाँकी अरू ५ ३
७. कालिगड र कम्ब्याटयाण्ट, नायक र एस. एल. सी. वा सो सरह पास भएको नायक क्लर्कलाई इञ्च फुट नहाल्ने ।
(ज) उचाई र चौडाई भर्ना झिक्ने अधिकृतले नै हाल्ने ।